पोखरा : नेपाली सहकारी अभियानका दुई उत्कृष्ठ संस्था कास्कीको पोखरा रोयल साकोस र काठामाडौंको चन्द्रागिरी साकोसका प्रतिनिधीहरु बीच एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा रोयल साकोसको निमन्त्रणामा पोखरा आईपुगेका चन्द्रागिरी साकोसका समिति, उपसमिति र कर्मचारीहरुको प्रतिनिधीहरु र पोखरा रोयल साकोसका प्रतिनिधीहरु बीच दुई वटै संस्थाले हासिल गरेका सफलता, सदस्य सेवामा गरिरहेको असल अभ्यास, संस्थाले भोगिरहेका चुनौति, भावी रणनीति साथै सहकारी अभियानमा पुर्याउन सक्ने योगदानका सन्दर्भमा समेत चर्चा भएको पोखरा रोयल साकोसका सूचना अधिकारी मीलन ढकालले बताए ।