प्रधानमन्त्री ओलीसंगै माधब नेपाल, झलनाथ खनाल र भिम रावल एकै ठाँउमा जम्काभेट

पढ्नै पर्ने

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पहिलोपटक पुगेका छन् । उनि त्यँहा पुग्नु २ वटा संयोग रहेको छ, पहिलो हिजो दिवंगत भएका नेकपा एस सम्वद्ध वरिष्ठ पत्रकार तथा लेखक कमल प्रसाद कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री त्यहाँ पुगेका हुन् ।

दोस्रो संयोग चैत १५ गते भएको आगजनीबाट पुगेको क्षतिको बारेमा कार्यालयभित्र पसी प्रधानमन्त्री ओलीले अवलोकन समेत गरेका थिए ।

प्रधानमन्त्री ओली पुग्दा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल, सम्मानित नेता झलनाथ खनालसँगै एमालेबाट निष्कासित नेता डा. भीम रावल सँगै देखिनुभएको हो ।

नेकपा एमालेलाई विभाजित गर्दै नेकपा एस दर्ता भएपश्चात सो पार्टीको कार्यालयमा ओलीले पहिलोपटक पाइला टेकेका हुन। यसले दुई दलबीचको तिक्ततामा सुधार आएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?