के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

0
91

बीबीसी ।  विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको देखिएको छ। बाँझोपनाका निम्ति एक प्रमुख कारक मानिएको यस्तो खस्कँदो गुणस्तरको कारण चाहिँ के हो भन्नेबारे धेरै चर्चा गरिँदैन। तर अहिले आएर वैज्ञानिकहरूले ती कारणबारे निकै जानकारी बटुलेका छन्।

‘हामी तपाईँको समस्या समाधान गर्न सक्छौँ,’ चिकित्सकले जेनिफर ह्यानिङ्टनलाई भने। त्यसपछि ती चिकित्सक उनका पति सिआरानतर्फ फर्किए अनि भने, ‘तर तपाईँलाई भने हामीले खासै मद्दत गर्न सक्दैनौँ।’

ठानेका थिए। तर सिआरानको स्वास्थ्य अवस्थामा पनि समस्या होला भनेर उनीहरूले सोचेका थिएनन्। परीक्षणहरू गर्दा उनको वीर्यमा थोरै सङ्ख्यामा र कम गतिशील शुक्रकीट भएको पाइयो। अनि उपचार हुनसक्ने कि नसक्ने भन्ने सन्दर्भमा यी समस्या भनेको जेनिफरको समस्याभन्दा पनि गम्भीर थिए।

चिकित्सकको कुरा सुनेर उनी स्तब्ध भए। ‘मैले मेरी पत्नीलाई निराश पारेको जस्तो अनुभव भयो।’

त्यसपछिका वर्षहरूमा उनको मानसिक स्वास्थ्य पनि बिग्रियो।

बाँझोपनाको लगभग आधा मामिला पुरुषका कारण हुन्छन्। करिब ७% पुरुषमा त्यस्तो समस्या हुने बताइन्छ। तर महिला बाँझोपनाको तुलनामा पुरुष बाँझोपनाको चर्चा कम हुने गर्छ। प्रजनन क्षमताबारे समस्या बेहोर्ने पुरुषहरूको हकमा अधिकांशमा यकिन कारण थाहा हुँदैन  र विद्यमान सामाजिक मान्यताका कारण उनीहरू चुपचाप समस्या भोग्न बाध्य हुन्छन्।

अनुसन्धानहरूका अनुसार यो समस्या बढ्दो छ। अनि शुक्रकीटको गुणस्तरसहित पुरुष प्रजनन क्षमतामा प्रभाव पार्ने एउटा तत्त्व भनेको प्रदूषण रहेको पाइएको छ। यसको सम्भाव्य परिणाम व्यक्ति एवं समाजहरूमै धेरै पर्ने देखिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्