काठमाडौं, ३० असार – आदिकवि भानुभक्तको २११ औं जन्म जयन्ती मनाउने क्रममा काठमाण्डौ पानीपोखरी स्थित भानुभक्त मेमोरियल विद्यालयले पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्यालयले आफ्नो ५९ औं स्थापना दिवस तथा २११ औं भानु जयन्ती मनाएको हो । प्रथम चरणको कार्यक्रम अन्तर्गत विहान विभिन्न बाजागाजा, झाँकी सहित नगर परिक्रमा गरी सम्पन्न गरेको थियो ।