विश्व सहकारी अभियानको सबैभन्दा ठूलो कार्यक्रम भारतमा हुँदै, के-के विषयमा हुँदैछ छलफल?

0
74

काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) स्थापनाको १ सय ३० वर्षे इतिहासमा पहिलो पटक दक्षिण एशियाली मुलुक भारतमा आईसीए अन्तर्राष्ट्रिय सहकारी सम्मेलन- २०२४ आयोजना हुँदैछ ।

नयाँ दिल्ली स्थित भारत मंडपममा नोभेम्बर २५ देखि ३० (मंसिर १० देखि १५ गते) सम्म हुने सम्मेलनमा सहभागिताको लागि नाम दर्ता गराइसकेका छन् भने कतिपय तयारी गर्दैछन् । यो सम्मेलन विश्व सहकारी अभियानको सबैभन्दा ठूलो मध्येको एक हो ।

सम्मेलनमा ३ दर्जन बढी वक्ताहरु रहेको आईसीएले जनाएको छ । सम्मेलनका लागि ‘नीतिगत तथा उद्यशमीलताको अनुकूल वातावरण निर्माण’, ‘सहकारी परिचयको पुनर्पुष्टि, ‘उद्देश्यमूलक नेतृत्व विकास’ र ‘न्यायोचित, समतापूर्ण र उत्थानशील भविष्य निर्माण’ गरी ४ वटा मुख्य थिम छनौट गरिएका छन् । तीनै थिममा आधारित छलफल र प्रस्तुतीकरण रहने आईसीएले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्