बिनोद पौडेल
धरानका मेयर हर्क साम्पाङ्ग राइले सामाजिक संजालमा आज एक पोष्ट लेख्दै प्रधानमन्त्रि केपी ओलीले मलाई फेस गर्न सकेनन भन्दै व्यंग्यात्मक स्ट्याटस लेखेका छन् ।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै हर्क साम्पाङ रित्तो गाग्री लिएर खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई भेट्न हिजो काठमाडौं आएका थिए ।
आज उनले अर्थ मन्त्रि र खानेपानी मन्त्रीसंग भेट गरेता पनि प्रधानमन्त्रिले भेट नदिएपछि उनले व्यंग्यात्मक शैलीमा स्ट्याटस लेखिएको बुझ्न सकिन्छ।
उनी आज सिंहदरबार प्रबेश गर्दा रित्तो गाग्री बोकेर गए पनि सुरक्षाकर्मीले गाग्री नियन्त्रणमा लिएको थियो ।
संघिय सरकारले खानेपानीको समस्यालाई बेवास्ता गर्दा उनले सिम्बोलिक रुपमा रित्तो गाग्री लिएर धरानदेखि राजधानी कठमाण्डौ आएका थिए। उनि धरानमा खानेपानी समस्यालाई निराकरणका निमित्त लामो समयदेखि लागि परिरहेका छन्।