काठमाडौं — मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा सहअस्तित्व प्रवर्द्धन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र थाइल्यान्डको सेभ एलिफेन्ट फाउन्डेसन (SEF) बीच तीन वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार हात्तीको बासस्थान संरक्षण, द्वन्द्व न्यूनीकरण, समुदायमा आधारित संरक्षण तथा उद्धार र पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिनेछ।
त्यस्तै, माउते तथा वन्यजन्तु प्राविधिकको क्षमता अभिवृद्धि, संयुक्त अनुसन्धान र प्रविधि हस्तान्तरणमा समेत सहकार्य गरिनेछ। सम्झौता मानव–हात्ती द्वन्द्व घटाउँदै दीर्घकालीन सहअस्तित्व कायम गर्न महत्वपूर्ण हुने विश्वास गरिएको छ।


