मङ्सिर ०४, २०८१, मंगलबार
काठमाण्डौ।
नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोली विरुद्ध ब्याटिङ गर्दैछ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ सुरु गरेको हो । यसअघि भएको पहिलो खेलमा हार ब्यहोरेको नेपालले दोस्रो र तेस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृङ्खला २-१ को अग्रता बनाएर खेलिरहेको छ । आइतबार भएको तेस्रो अभ्यास खेलमा नेपाल १२१ रनले विजयी भएको थियो । आजको खेल जितेमा नेपालले एक खेल बाँकी हुँदै शृङ्खला नै जित्नेछ । अन्तिम खेल बिहीबार हुनेछ ।