एनपीएल उद्घाटन खेलको टिकट सबै बिक्री, फोन वा सन्देश नगर्न आग्रह : पारस खड्का

पढ्नै पर्ने

मङ्सिर १४, २०८१, शुक्रबार 
काठमाण्डौ ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एनपीएलको उद्घाटन खेलको टिकट सबै बिक्री भइसकेको जानकारी दिएका छन्। फेसबुक स्ट्याट्स मार्फत उनले एनपीएलको पहिलो म्याचका टिकट र भीआईपी पास सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा समन्वय गरिदिन अनुरोध गरेका हुन् । प्रत्यक्ष खेल हेर्न नपाएका क्रिकेटप्रेमीहरुलाई विकल्पका रुपमा टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्न आग्रह गरेका छन् । पासका लागि फोन वा सन्देश नगर्न समेत उनले अनुरोध गरेका छन्। बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ भन्दै यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ भन्दै सामाजिक संजाल मार्फत सम्पूर्णमा जानकारी दिएका छन्। शनिबारदेखि काठमाडौंमा सुरू हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स खेल्ने‍ छन् ।

हेर्नुस पारस खड्काको स्ट्याटस

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?