मंसिर २७, २०८१ बिहिबार
काठमाडौ ।
रास्वपाका सभापति एंव पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई अदालतले थप ५ दिन म्याद थप गरेको छ । जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि २ कार्तिकमा काठमाडौंबाट पक्राउ गरिएको थियो । लामिछानेलाई अनुसन्धानका लागि पोखरा, रुपन्देही, काठमाडौं, चितवन र अन्तिममा पर्सा लगिएको थियो । पर्सामा अनुसन्धान सकेपछि पुन: उनलाई पोखरा नै पुर्याइएको थियो ।