साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी, रवि लामिछानेले उच्च अदालतमा गराए निबेदन दर्ता

पढ्नै पर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्व गृहमन्त्री रहेका रवि लामिछाने जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेशमा चित्त नबुझेपछि साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निबेदन दर्ता गराएका छन् ।

कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाईकाे आदेशमा फाैजदारी कार्यविधि संहिताकाे दफा ६८ बमाेजिम धराैटी माग गरेकाेमा चित्त नबुझी साे बेरितकाे आदेश बदर गरि दफा ६९ बमाेजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी रास्वपा सभापति रवि लामिछानेले उच्च अदालत पाेखरामा दफा ७३ बमाेजिम निवेदन दर्ता गराएका छन्।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

रवि जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेशमा चित्त नबुझेपछि साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत पुगेका हुन् ।

लामिछानेले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा परेको मुद्दामा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ, त्यस्तै काठमाण्डौको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा ६० लाख रुपैयाँ, त्यस्ता हिजो मात्र रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटि बुझाएर रिहा भएका थिए ।

आजसम्म लामिछानेले कुल २ करोड २५ लाख धरौटी बापत ३ अदालतमा पेस गरिसकेका छन।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?