रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

रास्वपाका सभापति एंव पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले मंगलबार चार दिन हिरासतमै राख्न अनुमति मागेको थियो ।

पढ्नै पर्ने

पौष ०२ , २०८१ मंगलबार   
काठमाडौ ।

रास्वपाका सभापति एंव पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले मंगलबार चार दिन हिरासतमै राख्न अनुमति मागेको थियो । सोमबार नै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाइसकेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरू विरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ । सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि २ कार्तिकमा काठमाडौंबाट रवि लामिछानेलाई पक्राउ गरिएको थियो ।

- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?