२०८२ बैशाख ०७ गते, आइतबार काठमाण्डौ।
आज निषेधित क्षेत्र राप्रपाका नेताहरुले गरेको प्रदर्शनमा सिंहदरबारबाट पक्राउ परेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कैलाश कटवाललाई प्रहरीले छाडेको छ । उनीहरुलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिइ जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको थियो ।