प्रवेशाज्ञा बिना नेपाल प्रवेश गर्ने दुई जना बंगलादेशी पक्राउ

झापा- प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो।

आफ्नो परिच खुल्ने कुनै कागतपत्र  नभएका उनीहरुका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज बिष्टले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here