रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

file photo

बुटवल- सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि कास्कीबाट रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग तेस्रो दिनको बयान सुरु भएको छ। उनलाई बुटवलको सुप्रिम सहकारीको अनुसन्धानका लागि मंगलबार कास्कीबाट रुपन्देही ल्याइएको थियो।

लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबार पहिलो दिन मौखिक र हिजोदेखि लिखित बयान लिएको थियो । हिजो अधुरो रहेका विषयहरूमा आज बयान सुरु भएको हो। बाँकी रहेको बयान आज सकिने जिल्ला सरकार वकिलको कार्यालय रुपन्देहीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here