निर्वाचन आयोगद्वारा राजनीतिक दल र उम्मेदवारलाई ६३ बुँदे निर्देशन जारी

0
11

निर्वाचन आयोगले आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन राजनीतिक दल तथा उम्मेदवारहरूका लागि ६३ बुँदे विशेष निर्देशन जारी गरेको छ । आयोगको फागुन ३ गतेको निर्णयअनुसार आचारसंहिता प्रभावकारी बनाउन यो निर्देशन दिइएको हो ।
निर्देशनका मुख्य बुँदाहरू:
प्रचार सामग्री: ७५ ग्रामको कागजमा ७५×१८ इन्च साइजको एकै रङको पर्चा मात्र प्रयोग गर्न पाइने । भित्तेलेखन र ठूला डिजिटल बोर्ड राख्न निषेध ।
सवारी साधन: उम्मेदवारले बढीमा २ वटा चारपाङ्ग्रे वा ३ वटा मोटरसाइकल मात्र प्रयोग गर्न पाउने । सरकारी गाडीको प्रयोग गर्न नपाइने ।
विज्ञापनको सीमा: रेडियो र टिभीमा एक पटकमा १ मिनेट र दिनमा ४ पटकसम्म मात्र विज्ञापन बजाउन पाइने ।
आर्थिक पारदर्शिता: निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता अनिवार्य खोल्नुपर्ने र २५ हजारभन्दा बढीको आर्थिक सहयोग बैंकमार्फत मात्र लिनुपर्ने ।
मौन अवधि: मतदान हुनु ४८ घण्टा अगाडिदेखि सबै प्रकारका प्रचारप्रसार र सामाजिक सञ्जालमा मत माग्न निषेध ।
निषेध गरिएका कार्य: उम्मेदवारले भोजभतेर गर्न, नगद बाँड्न र प्रचारप्रसारमा बालबालिका प्रयोग गर्न नपाउने ।
आयोगले यी निर्देशनहरूको उल्लंघन गरेमा कानुन बमोजिम कडा कारबाही हुने चेतावनी समेत दिएको छ । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले खर्चको विवरण बुझाउनुपर्ने प्रावधान समेत राखिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्