लागूऔषध र नगदसहित चन्द्रागिरीबाट एक महिला पक्राउ

पढ्नै पर्ने

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधाराबाट प्रहरीले ५ किलो गाँजा र नगदसहित एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर घर भई गुर्जुधारामा डेरा गरी बस्ने ५६ वर्षीया संच माया तामाङ रहेकी छिन् । आइतबार दिउँसो प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले उनको कोठा खानतलासी गर्दा ५ किलोग्राम गाँजा, २५० ट्याब्लेट ट्रामाडोल र २ लाख ६२ हजार ६ सय ५० रुपैयाँ नगद फेला पारेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?