काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयका साथै बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल हुनेछ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार र पुनस्थापनामा निरन्तर क्रियाशील छ। सोही कार्यलाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णयहरू लिन प्रधानमन्त्री शाहले यो बैठक बोलाउनुभएको हो।





