बाढीप्रभावितकोराहतकालागिबुटवलपावरकम्पनीद्वारा५१लाखबढीसहयोगहस्तान्तरण

पढ्नै पर्ने

बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) र यससँग आबद्ध ग्रुप कम्पनीहरू तथा बीपीसी कर्मचारीहरूको तर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ५१ लाख ४१ हजार ९ सय ८६ रुपैयाँ आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको हो । गत भदौ १० गते आएको बाढीले जनधनको ठूलो क्षति पुर्‍याएपछि सरकारले गरिरहेको खोज, उद्धार तथा राहतको प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त रकमको चेक इप्पान मार्फत आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठलाई हस्तान्तरण गरेको हो । यस विषम परिस्थितिमा निजी क्षेत्रको तर्फबाट मानवीय सेवाका लागि यो सहयोग उपलब्ध गराइएको हो ।

यस सामूहिक सहयोग रकममा बुटवल पावर कम्पनी र यसका कर्मचारीहरूको तर्फबाट मात्रै ३३ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ सङ्कलन गरिएको छ, जसमा कम्पनीको २२ लाख र व्यवस्थापन तथा कर्मचारीहरूको ११ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ योगदान रहेको छ । त्यसैगरी, समूह अन्तर्गतको न्यादी हाइड्रो पावर लिमिटेडले ५ लाख ५० हजार, हिमाल पावर लिमिटेडले ५ लाख, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले ५ लाख ५ हजार र खुदी हाइड्रो पावर लिमिटेडले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दै कम्पनीले बेपत्ता नागरिकहरूको शीघ्र सुरक्षित सम्पर्कको कामना समेत गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?