उदयपुरमा टिपरमा लुकाइएको झण्डै २ क्विन्टल गाँजा बरामद, चालक पक्राउ

पढ्नै पर्ने

उदयपुर : उदयपुरको कटारी नगरपालिका-४ मरूवा खोला नजिकैबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ। गए राति गरिएको चेकिङका क्रममा १९९ किलो ३२० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा रुपन्देही घर भई हाल कटारी नगरपालिका-४ कान्छी बजार बस्ने २१ वर्षीय सोम मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिपरलाई शंका लागेर जाँच गरेको थियो।

सो क्रममा टिपरको ढालाभित्र लुकाई छिपाई राखिएको ९ वटा बोरामा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजा र टिपरसहित चालक मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?