काठमाण्डौ
अमेरिकामा हिमपात भईरहेको समयमा डढेलोले बिकराल अवस्था निम्त्याएको छ। अमेरिकाको लस एन्जलसमा यतिबेला उग्र रुपमा डढेलो फैलिएको छ । डढेलो तीव्र हावाको आँधीले झन् फैलाएको छ । डढेलोका कारण केहि घरहरु नष्ट भएका छन् भने धेरै क्षेत्रलाई क्षति पुराएको छ । यस भेगमा बसोबास गर्ने करिब ३० हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । डढेलोले अझै बिकराल रुप लिनसक्ने अधिकारीहरुले जानकारी दिएका छन ।