२०८१ चैत्र २९ गते शुक्रबार, काठमाण्डौ।
गत चैत्र १५ गते तीनकुनेमा राजाबादी समुहहरुले गरेको प्रदर्शन हिंसात्मक भएपछि फरार भएका मेडिकल ब्यबसायी तथा सामाजिक अभियानताका रुपमा चिनिएका दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंलाई प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो । भारतबाट पक्राउ परेका प्रसाईंलाई आजै जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।