पौष ०२, २०८१ मंगलबार
काठमाडौ ।
निकिता पौडेल लामिछानेले सामाजिक संजालमा एक स्ट्याटस लेख्दै उनको खातामा करोडौ रुपैया भएको समाचारप्रति आक्रोस पोखेकी छिन। उनको पति रास्वपाका सभापति एंव पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कार्तिकमा काठमाडौंबाट पक्राउ गरिएको थियो। संचार माध्यमहरुमा समाजसेवाको नाममा उठाईएको सहयोग रकम दुरुपयोग त्यस्तै सहकारी को रकम दुरुपयोग गरि ब्यतिगत खातामा रखिएको भन्ने प्रकाशित समाचार लक्षित उनले आज एक स्ट्याटस लेखेकी थीइन।
उनि लेख्छिन
आज बिहानै बुवाले फाेनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ कराेड, कुनैले २५ त, कसैले ५० करोड । तिमीसँग छ चाहिँ कति? अलिकति मलाई पनि देऊ न ।’
मैले पनि हाँस्दै भने, ‘त्यत्राे पैसा भएरै त हाेला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’
बुवा-छाेरीकाे कुराकानीकाे सन्दर्भ थियाे, अनुसन्धानमा रहेको विषयमा भएको ‘मिडिया ट्रायल’काे ।
कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् । मिडियाले धर्म नछाेडेकाे भए बैंकिङ काराेवारकाे अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने हाेइन र? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ! समाचार लेख्नेमाथि दया लागेर आउँछ।
खाता मेरो हो। यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेकाे भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकाेमा झनै आश्चर्यमा छु ।
मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो । अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं ।