काठमाण्डौ
आज बिहान तिब्बतको दिंगे कान्टीमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भुकम्प गयो। भूकम्पको धक्का चीनमा मात्र नभएर छिमेकी देश नेपाल, भारत, बंगलादेश, भुटानमा समेत धक्काको महसुस भएको थियो । नेपालि समय अनुसार आज बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । आम नेपालीहरुले महसुस गर्ने गरि भूकम्पको धक्का आएको थियो।
२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर झन्डै ८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता भूकम्पको परकम्पन्न आउने क्रम भने रोकिएको थिएन। यहि महिनामा मात्र महसुस हुने गरि २ पटक भुकम्प गईसकेको छ। यधपी आज गएको भूकम्पले नेपालमा भौतिक संरचनामा आंशिक क्षति भए पनि अरु केहि क्षति भने भएन।
भूकम्पको केन्द्रबिन्दु रहेको क्षेत्रमा भने मानबिय क्षति एंव भौतिक क्षति समेत भएको छ। चीनका संचार माध्यमहरुका अनुसार चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी करिब ५३ जनाको मृत्यु भएको जानकारी दिएको छ यो संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन्। भौतिक क्षतिको भने तथ्यांक संकलन हुने बाकि रहेको छ।
२०७२ वैशाख १२ गते यता नेपाल उच्च भूकम्पीय जोखिममा रहेको बिज्ञहरुले जानकारी दिईरहेका थिए। संयोग भनौ या बास्तबिकता आखिरमा त्यस्तै भईरहेको छ। बारम्बार भूकम्पले झस्काई रहेको छ। ससंकित बनाईरहदा आम मानिसलाई चिन्ता थपिदै गएको छ।