२०८२ बैशाख १ गते सोमबार, काठमाडौं।
आजदेखि नेपाली पात्रो अनुसार नयाँ वर्ष २०८२ सुरु भएको छ । नयाँ वर्षको आगमनसँगै देशभर उत्साह, उमंग र शुभकामनाको आदानप्रदान भइरहेको छ। विभिन्न सार्वजनिक स्थलहरू, पार्कहरू र मन्दिरहरूमा बिहानैदेखि भीड देखिएको छ।
देशभरका नागरिकहरूले आफ्ना परिवार, आफन्त, साथीभाइहरूलाई शुभकामना दिँदै नयाँ वर्षलाई स्वागत गरिरहेका छन्। सामाजिक सञ्जालहरू पनि “Happy New Year 2082”, “नववर्ष २०८२ को शुभकामना” जस्ता शुभकामनाले भरिएका छन्।
राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरूले देशवासीलाई नयाँ वर्ष २०८२ को शुभकामना सन्देश दिएका छन्।
प्रधानमन्त्रीको सन्देशमा देशको समृद्धि, सुशासन, विकास र सामाजिक एकताको कामनासहित सबै नेपालीहरूलाई नयाँ वर्षले सुख, शान्ति र सफलता ल्याओस् भन्ने आशा व्यक्त गरिएको छ।
बिहानैदेखि काठमाडौंको टुँडिखेल, भृकुटीमण्डप, रत्नपार्क लगायतका स्थानहरूमा सांस्कृतिक कार्यक्रमहरू, नृत्य, गीत, र परम्परागत बाजागाजा बजाएर नयाँ वर्षलाई भव्य रूपमा स्वागत गरिएको छ।
नयाँ वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चाप पनि उल्लेखनीय देखिएको छ। धुलिखेल, नगरकोट, पोखरा, चितवन, लुम्बिनी, धम्पुस, इलाम, र मुस्ताङ लगायतका स्थानहरूमा होटल, रिसोर्टहरूमा विशेष अफरसहितको प्याकेज प्रदान गरिएको छ।
व्यवसायीहरू पनि नयाँ वर्षको अवसरमा विविध छुट र अफरहरू उपलब्ध गराउँदै उत्सवलाई अझ विशेष बनाइरहेका छन्।
हामि पनि यस नयाँ वर्ष २०८२ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलता को कामना गर्दछौ ।