राष्ट्रिय विज्ञापन संघ नेपालमा नयाँ कार्यसमिति चयन

पढ्नै पर्ने

राष्ट्रिय विज्ञापन संघ नेपालको पहिलो महाधिवेशनबाट प्रदिप प्रसाद कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । मिडिया सोलुसन प्रालिका कोइरालाको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको संघको अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।

संघको प्रथम उपाध्यक्षमा सिटी एक्प्रेस मिडिया प्रालिका अमृतकुमार पन्थी, द्धितिय उपाध्यक्षमा एड चौतारीका आशिष खड्का, महासचिवमा मिडिया जर्नलमा बिमल खड्का, सचिवमा नेपाल मिडिया हाउस प्रालिका नवराज निरौला, कोषाध्यक्षमा स्मारिका ट्रेडर्स प्रालिका अरुण आर्याल र सहकोषाध्यक्षमा सिगास मिडिया हव प्रालिका चन्द्रकान्त अवस्थी सर्वसम्मत रुपमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रदिप सत्यालले जानकारी दिए ।

सदस्यहरुमा स्वर्गद्धवारी मिडिया प्रालिका बसन्त योगी, डच मिडिया प्रालिका रवि अर्याल, एमबिसस मिडिया प्रालिका राधाकुमारी ढकाल रोजी, प्रिन्ट प्रो इन्टरप्राइजेजका अनुप अधिकारी, के एण्ड आर जिटल मार्केटिङका कुलराज भट्टराई, पोलिसी मिडिया प्रालिका सविन पोखरेल, नेशनल मिडिया सर्भिस प्रालिका अदिप पाठक निर्वाचित भएका छन् ।

संघको प्रथम महाधिवेशनको संचारमन्त्री पृथ्वी सुब्बा गुरुङले उदघाटन गरेका थिए । कार्यक्रममा बिज्ञापन बोर्डका कार्यकारी अध्यक्ष्य लक्ष्मण हुमागाई, मिडिया एलाईन्सका अध्यक्ष्य भास्करराज राजकर्णिकार अथितिका रुपमा उपस्थित हुनुभएको थियो। त्यसैगरी, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का इन्चार्ज दिपक आचार्य, ब्रोडकास्टिङ एशोसियसन अफ नेपाल (बान) का अध्यक्ष कुमार भट्टराईज्यू, त्यसैगरी, पत्रकार महासंघका उपाध्यक्ष लगायत संचार उद्यमीहरुको समेत अतिथिका रुपमा उपस्थित हुनु भएको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?