राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एंव पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि अदालत उपस्थित हुने शर्तमा परिवार र कानुन व्यवसायीको जिम्मा लगाएको छ ।
भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए ।
आज उनको बयान सकिएको छ, भोलि (बिहिबार) बाट उनको थुनछेक बहस सुरु हुनेछ ।
यस अघि लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा परेको मुद्दामा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ, त्यस्तै काठमाण्डौको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।
लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो।