६५ लाख बैंक जमानत बुझाएर रिहा भए रबि लामिछाने

२०८१ पौष २५ गते बिहिबार।

पढ्नै पर्ने

काठमाण्डौ 

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति एंव गृहमन्त्री समेत रहेका रवि लामिछानेले झन्दै ३ महिना (८४ दिन) पछि कास्की प्रहरीको हिरासतबाट छुटकारा पाएका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसंगै बैंक जमानत मार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।

रबि लामिछानेको हकमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी कार्यविधि संहिताको ०६८ र ०७२ समेतको आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैंक जमानत लिई वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू भनि जिल्ला अदालत कास्कीको आदेशमा भनिएको छ। उक्त आदेश अनुसार बैंक जमानत बुझाई हिरासत मुक्त भएका छन्। लामिछाने सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि गत २ कार्तिकमा काठमाडौंबाट पक्राउ गरि पोखरा प्रहरी हिरासत रहेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?