चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
आज बिहान ८:४५ बजे सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबस ठोक्किएका हुन्।
दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय अस्पताल र कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
दुर्घटनापछि उक्त सडकखण्डको यातायात अवरुद्ध भएको छ।





