नारायणगढ-मुग्लिन सडकमा कारमाथि ढुङ्गा खस्दा तीन भारतीय नागरिक घाइते

पढ्नै पर्ने

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुङ्गाले कारलाई लाग्दा तीन जना भारतीय नागरिक घाइते भएका छन्। तुइनखोला नजिक आइतबार दिउँसो नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको कारमाथि ढुङ्गा खसेको हो।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनालका अनुसार घाइते हुनेमा भारतको आगरा निवासी ४२ वर्षीय रतेन्द्र यादव, ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव रहेका छन्। उनीहरु युपी ८० जिपी २९२८ नम्बरको भारतीय कारमा सवार थिए।

डिएसपी खनालले घाइते तीनै जनाको अवस्था खतरामुक्त रहेको र उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको जानकारी दिनुभयो। वर्षायाम सुरु भएसँगै यो सडकखण्डमा ढुङ्गा खस्ने र पहिरो जाने जोखिम बढेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?