सर्बोच्चको आदेश पश्चात दुर्गा प्रसाईको रिहा

पढ्नै पर्ने

पौष ०५, २०८१ शुक्रबार 
काठमाण्डौ

प्रखर बक्त्ता एंव सामाजिक अभियान्ताका रुपमा चिनिएका मेडिकल ब्यबसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आज आदेश दिएको हो। प्रसाईंलाई शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतमा झिकाउन आदेश भएको थियो । सो मुद्दामा आदेश जारी भएको हो ।
प्रधानमन्त्री ओलीले कम्बोडियामा करोडौ अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए । सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले प्रसाईमाथि अनुसन्धान सुरु गरेको थियो। उनी मंसिर ४ गते आफनै निवासबाट पक्राउ परेका थिए । यसअघि जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई मंसिर २७ गते साइबर अपराधमा ४० हजार धरौटी माग गरी छाडेको थियो । सिआइबीमा उनीविरूद्ध अर्को पक्राउ पुर्जी तथा अनुसन्धान भइरहेको हुँदा उनलाई पुन: पक्राउ गरी अनुसन्धान गरेको थियो ।

- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?