त्रिभुवन विमानस्थलबाट सवा किलो सुनसहित भारतीय महिला पक्राउ

पढ्नै पर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सवा किलो अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेकी छिन् ।
विमानस्थल प्रहरीका अनुसार एयर अरेवियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी ५३ वर्षीया भारतीय नागरिक मीना सुरजित सिंह खेमानीलाई मंगलबार राति पक्राउ गरिएको हो ।

विमानस्थलको आगमन भन्सार क्षेत्रको टनेल गेटमा जाँचका क्रममा प्रहरीले उनलाई शंका लागि खानतलासी गरेको थियो । सो क्रममा उनको साथबाट प्लास्टिकले बेरिएको तीनवटा डल्लामा लुकाएर ल्याएको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला परेको थियो ।

प्रहरीले बरामद गरेको उक्त पदार्थको तौल १ किलो १ सय ५९ ग्राम रहेको जनाएको छ । पक्राउ परेकी खेमानीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर सुन तस्करी हुने क्रम बढेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?