स्रोत नखुलेको १० लाख रकम सहित एक जना भारतीय पक्राउ

पढ्नै पर्ने

२०८२ बैशाख ०७ गते, आइतबार काठमाण्डौ।


मौलापुर नगरपालिका-६ पथराबुधरामबाट स्रोत नखुलेको १० लाख नेपाली रूपैयाँ सहित भारत मोतिहारी ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बस्ने २३ वर्षीय राज किशोर ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिट मुनि राखिएको झोलाबाट उक्त नगद फेला पारी चालक ठाकुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?