काठमाण्डौ
आज माघ १ गते माघे संक्रान्ति पर्व मनाउदै। मुलुकभर थारू समुदायका र मगर समुदायले लगायत अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व धुमधामसंग मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति समेत भन्ने गरिन्छ।
आज मगर समुदाय र थारु समुदायको टुडिखेलमा कार्यक्रम समेत राखिएको छ। आ आफ्नो समुदायको पहिचान सहित कार्यक्रमा उपस्थित भएका छ छन्। मगर समुदायले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन्।
आज स्नान, दान, व्रत, ध्यान गर्नाले मनोकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो तातो पकाएर परिकार खाने गरिएको हो । पुसमा पकाएर माघ महिनामा खाने परमपरा समेतका रुपमा माघेसंक्रान्ति पर्वलाई मानिन्छ।