मङ्सिर ०५, २०८१ बुधबार
बिनोद पौडेल
काठमाण्डौ।
सहकारीको रकम दुरुपयोग गरि बचतकर्ताको बिचल्ली बनाएर बेपत्ता भएका संचालकहरुलाई बिस्तारै कानुनि कठघारामा ल्याउने कार्य चल्दै छ। तर सहकारीमा बचत गरेका बचतकर्ताले भने आफ्नो रकम फिर्ता पाउने कुनै संकेत भने देखिएको छैन। संसदबाट सहकारी रकम दुरुपयोग सम्बन्धि बिशेष छानविन समित बन्यो विभिन्न सहकारी समस्याग्रस्त रहेको औल्यायो कारवाहीको शिफारिस त गर्यो तर पनि ति सहकारीबाट रकम फिर्ता पाउने कुनै आशा बचतकर्तालाई छैन । तर पनि आशा भने मरेको पनि छैन । त्यसैले हुनुपर्छ बचतकर्ता सडकदेखि सदनसम्म आफ्ना माग सम्बोदन गर्न सरकारलाई झक्झक्याई रहेका हुन्छन।
यद्धपि बचतकर्ताले सम्बन्धित निकायलाई विभिन्न माध्यमबाट झक्झक्याउने कार्य भने गर्दै आए। अनसन बस्ने, सडक आन्दोलन गर्ने, मुद्धा हाल्ने यस्ता कार्य चलिरहे तर समस्याको समाधान भने हुन सकेको छैन। आज पनि राजधानीमा सहकारी पिडितले सडक आन्दोलन गरेका थिए। गुहार गुहार माग्दै सडक आन्दोलन गरेका थिए। पिडितको हातमा “गुहार गुहार हाम्रो सहकारीमा बचत गरेको बचत लुटियो” भन्दै लेखिएका पम्प्लेट बोकेर आन्दोलनमा उत्रिएको देखियो।


