सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ

पढ्नै पर्ने

बिनोद पौडेल
बिनोद पौडेल
बिनोद पौडेल एबिएम अनलाईनखबरको सम्पादक हुनुहुन्छ।

सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले भारतको महाराष्ट्र, थाने बस्ने ५६ वर्षीय गोपाल प्रसाद खडानन्द गौलीलाई काठमाडौंको तिलगंगाबाट आइतबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार, गौलीले पीडित महिलासँग फेसबुकमा साथी बनी म्यासेन्जरमा कुराकानी गर्ने गरेका थिए। पछि भेटघाटका क्रममा खिचेका व्यक्तिगत तस्बिरहरू प्रयोग गरी बदनाम गराउने उद्देश्यले भिडियो बनाएर युट्युबमा प्रसारण गरेको उजुरीपछि ब्यूरोले अनुसन्धान थालेको थियो।

सोही अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्नता देखिएपछि ब्यूरोबाट खटिएको टोलीले गौलीलाई तिलगंगाबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका गौलीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही अगाडि बढाइएको छ। जिल्ला अदालत, काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?