काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर र नगदसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने काभ्रे रोशी गाउँपालिका–१० घर भएका २९ वर्षीय राम बहादुर दुलाल हुन्।
मंगलबार राति प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई करिब १ ग्राम ६२० मिलिग्राम ब्राउनसुगर र २५ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।





