पाँचथरमा बुवाद्वारा छोराको हत्या, भरुवा बन्दुकसहित बुवा पक्राउ

पढ्नै पर्ने

पाँचथर, पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ भदौरेमा एक बुवाले आफ्नै १७ वर्षीय छोराको भरुवा बन्दुक प्रहार गरी हत्या गरेका छन्। प्रहरीले ५२ वर्षीय बखत सिंह लिम्बुलाई छोरा सफल लिम्बुको हत्या गरेको अभियोगमा पक्राउ गरेको छ।
घटना आइतबार दिउँसो बखत सिंह लिम्बुको आफ्नै घर नजिकैको बारीमा भएको हो। बखतले भरुवा बन्दुकले प्रहार गर्दा सफलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दुर्दिम्बाबाट खटिएको प्रहरी टोलीले बखत सिंह लिम्बुलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?