कैलाली। जोशीपुर गाउँपालिका-३ की सुनिता देवी कठरियालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। घरायसी विवादका क्रममा सुनिताले कुटपिट गर्दा उनका ५० वर्षीय श्रीमान् लखनलाल कठरियाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
कैलालीमा श्रीमानको कुटपिटपछि मृत्यु, श्रीमती पक्राउ
काठमाडौँ - 🕗२०८२ कार्तिक १० गते सोमबार, काठमाडौं।





