काठमाण्डौ
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारि गर्दै २०८१ पुस २२ आजैका मितिदेखि लागु हुनेगरी सार्वजनिक यातायातका यात्रुबाहक तथा पहाडि र तराईमा संचालन हुने मालबाहक सवारी साधनको भाडा बढाएको हो । यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।
सार्वजनिक यातायात सञ्चालनसंग सम्बन्धि लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरुसंग गरिएको परामर्शमा भाडा वृद्धि गर्नुपर्ने देखिएकोले २०८१/०९/११ नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मा- मन्त्रीस्तरको सहमत अनुसार भाडादर समायोजन गरिएको सूचनामा उल्लेख छ ।