२०८१ चैत्र २९ गते शुक्रबार, काठमाण्डौ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा आज बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ । शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो। लामिछानेको तर्फबाट अधिवक्ता नारायण कँडेलले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् ।
सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरे अनुसार प्रहरीले उनलाई सोमबार कारागार चलान गरेको थियो ।