काभ्रेका छ सय शिक्षकलाई ‘प्रशिक्षक-शिक्षक’ बनाउँदै ट्राफिक प्रहरी

पढ्नै पर्ने

काभ्रेपलाञ्चोक, १६ जेठः ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक नियम सचेतनाका लागि विद्यालयका ६०६ शिक्षकलाई ‘प्रशिक्षक–शिक्षक’ तयार गर्ने भएको छ । यसका लागि कार्यालयले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयका शिक्षकलाई दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनाका कक्षा सञ्चालन गर्ने योजना बनाएको हो ।

कार्यालयले स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा स्थानीय तहका जनप्रतिनिधिको समन्वयमा सम्पूर्ण विद्यालयका बालबालिकालाई ट्राफिक सचेतनासहितका कक्षा सञ्चालन गर्नेगरी विद्यालयमा प्रशिक्षक–शिक्षक तयार गर्न लागिएको जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जिल्लाका ५०८ सामुदायिक, ९६ संस्थागत र दुई धार्मिक विद्यालयका ६०६ जना शिक्षकहरुलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षक–शिक्षक तयार गरिने योजना बनाइएको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा तयार गरिने शिक्षकले सोही विद्यालयमा कार्यरत अन्य शिक्षक तथा कर्मचारी र अध्ययनरत विद्यार्थीका लागि ट्राफिक नियम तथा सचेतनाका बारेमा तालिका बनाई कक्षा सञ्चालन गर्नेछन् ।

यस्तै, कार्यालयले विद्यालयका बसमा ‘स्कुल बस निर्देशिका–२०७४’ अनुसार सञ्चालन गरे÷नगरेको अनुगमन गर्ने, निर्देशिकाअनुसार सञ्चालन नभएको पाइए चालकलाई कारबाही गर्ने, सार्वजनिक यातायातमा तोकिएका वर्गलाई छुट र आरक्षण शुल्क कार्यान्वयनबारे अनुगमन गर्ने, प्रेसर हर्न न्यूनीकरण तथा चालक र सहचालकलाई अनुशिक्षण, यान्त्रिक साधनको परीक्षण गरी प्रदूषण नियन्त्रणका लागि सक्रियता बढाउने जनाएको छ ।

कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु एक करोड सात लाख ६७ हजार ५०० राजस्व सङ्कलन गरेको जनाएको छ । यस अविधिमा १३ हजार ७४५ सवारीसाधन कारबाहीमा परेका छन् ।

काभ्रेपलाञ्चोकमा कुल ८५८ किलोमिटर सडकमध्ये १३२ किमी पक्की सडक, ५०४ किमी कच्ची र १२८ किमी ग्राभेल सडकमा सवारी साधन गुडिरहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?