कक्षा १२ को परीक्षाफल प्रकाशित, ६१ प्रतिशतभन्दा बढी उत्तीर्ण

पढ्नै पर्ने

बिनोद पौडेल
बिनोद पौडेल
बिनोद पौडेल एबिएम अनलाईनखबरको सम्पादक हुनुहुन्छ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । यस वर्षको परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

बोर्डका अनुसार, परीक्षामा सहभागीमध्ये ३८.८३ प्रतिशत विद्यार्थीको नतिजा ‘नन-ग्रेडेड’ (एनजी) आएको छ, जसको अर्थ उनीहरूले माथिल्लो कक्षामा भर्ना हुनका लागि आवश्यक ग्रेड प्राप्त गर्न सकेनन् ।

गत वैशाख २१ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभरका ५,२०२ विद्यालयबाट कुल ५ लाख ११ हजार ५२५ जना परीक्षार्थीले सहभागिता जनाएका थिए । यसमा नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना परीक्षार्थी थिए । बोर्डले नतिजा सार्वजनिक गरेसँगै विद्यार्थीहरूले अब विभिन्न विश्वविद्यालयमा स्नातक तहको भर्नाका लागि प्रक्रिया सुरु गर्नेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?