आज देशभर सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदैछ। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरी विद्यार्थीहरूले ज्ञान, बुद्धि र विवेकको कामना गरिरहेका छन्।
आजको दिनलाई बालबालिकाको शिक्षा सुरु गर्न (अक्षरारम्भ) सबैभन्दा शुभ दिन मानिने भएकाले देशभरका विद्यालय र मन्दिरहरूमा साना नानीबाबुहरूलाई अक्षर चिनारी गराइँदैछ।
साथै, आजैका दिनदेखि शिशिर ऋतुको विदाई र वसन्त ऋतुको स्वागत गरिने भएकाले यसलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। काठमाडौँको स्वयम्भू, लाजिम्पाटको नील सरस्वती र गैह्रीधाराको सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजन र विद्यार्थीहरूको विशेष चहलपहल देखिएको छ।
सरस्वती पूजा: ज्ञानको आराधना र अक्षरारम्भको विशेष दिन
काठमाडौँ - 🕗२०८२ माघ ०९ गते शुक्रबार, काठमाडौं।





