२०८२ बैशाख ०३ गते, बुधबार काठमाण्डौ।
त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा वैदेशिक रोजगारीबाट नेपाल फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको छ ।
युवामाथि दुर्व्यवहार गर्ने कार्यमा संलग्न तीन जना प्रहरीलाई विमानस्थल सुरक्षाबाट हटाइएको हो । साथै, उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको हो ।
गत चैत्र ३१ गते दुबईबाट काठमाडौं आएका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका थिए ।
उनले ‘प्रहरीको व्यवहार’ भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका थिए । उनले पोष्ट गरेको भिडियो एकाएक भाईरल बनेको थियो।