जाजरकोटमा भूकम्पपछिको निजी आवास पुनर्निर्माणको काम सुरु भएको छ। जाजरकोटमा भूकम्पको कारण क्षतिग्रस्त भएका निजी आवासमध्ये विस्तृत क्षति आकलनको कार्य सम्पन्न भएको चौरजहारी नगरपालिका वडा नं. २ बाट निजी आवास पुनर्निर्माणको कार्य सुरु भएको हो।
गत चैत्र ०५ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विस्तृत क्षति आकलन गरि विपद् सूचना प्रणालीमा अपलोड भएका घरपरिवारमध्ये प्राधिकरणको प्राविधिक टोलीले विवरण रुजु गरी चौरजहारी नगरपालिकामा पुनर्निर्माणका लाभग्राही पहिचान र कायम गर्ने प्रयोजनार्थ पठाएको विवरणमध्येबाट चौरजहारी नगरपालिका विपद् व्यवस्थापन समितिको निर्णयबाट सिफारिस भए अनुसार सोही दिन जिल्ला विपद् व्यवस्थापन समिति, रुकुम (पश्चिम) ले १० घरपरिवारलाई लाभग्राही कायम गर्ने निर्णय गरेको थियो।
जिल्ला विपद् व्यवस्थापन समितिको सोही निर्णयानुसार लाभग्राही कायम भएका १० घरपरिवारमध्ये चौरजहारी नगरपालिका वडा नं. २ स्थित विष्णु प्रसाद गौतम र शसिला रावतसॅग २ नं. वडा अध्यक्ष विर बहादुर रानाले अनुदान सम्झौता गरी रू. ५०/५० हजार पहिलो किस्ता बापत लाभग्राहीको खातामा भुक्तानी समेत भइसकेको छ।