बैशाख महिनामा देशभरबाट २९ थान अवैध हातहतियार बरामद, ४० जना पक्राउ

पढ्नै पर्ने

काठमाडौँ – नेपाल प्रहरीले गत वैशाख महिनामा देशभर सञ्चालन गरेको विशेष अभियानका क्रममा अवैध हातहतियार मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ । देशभरका विभिन्न स्थानबाट उनीहरूलाई हतियार र गोलीगठ्ठासहित नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गण्डकी प्रदेशबाट सबैभन्दा बढी १४ जना रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशबाट ९ जना, कर्णाली प्रदेशबाट ८ जना, काठमाडौँ उपत्यका र सुदूरपश्चिम प्रदेशबाट ३/३ जना तथा कोशी, मधेश र बागमती प्रदेशबाट १/१ जना पक्राउ परेका छन् ।

बरामद हतियार र गोलीगठ्ठा
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले जम्मा २९ थान हातहतियार बरामद गरेको छ । जसमा:

  • भरुवा बन्दुक: २१ थान
  • एयरगन: २ थान
  • कटुवा पेस्तोल: २ थान
  • चाईनिज पेस्तोल, रिभल्वर र अन्य बन्दुक: १/१ थान

हतियारका साथै उनीहरूबाट ३३४ राउण्ड गोली समेत बरामद गरिएको छ । जसमा एसएलआरको २ सय ६३ राउण्ड, विभिन्न बन्दुकमा लाग्ने ७० राउण्ड र चाईनिज पेस्तोलको १ राउण्ड गोली रहेको छ ।

अपराध नियन्त्रणमा प्रहरीको सक्रियता
प्रहरीले तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट र वन्यजन्तुको शिकार जस्ता गम्भीर अपराधमा अवैध हतियारको प्रयोग हुने गरेको भन्दै यसविरुद्ध देशभर विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ । अपराधमुक्त समाज निर्माणका लागि सूचना सङ्कलनलाई प्राथमिकतामा राखिएको प्रहरीको भनाइ छ ।

नेपाल प्रहरीले कतै अवैध हतियार लुकाईराखेको जानकारी भएमा तुरुन्त सूचना दिन र त्यस्ता हतियार नजिकैको प्रहरी कार्यालयमा बुझाउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?