आज देशभर होली पर्व मनाईदै छ। आज पहाडि भेगमा होलि मनाईदै छ भने भोलि तराई क्षेत्रमा मंईदै छ। यस पर्वलाई फागु पूर्णिमाका रूपमा पनि चिनिन्छ यस पर्व हर्षोल्लासका साथ मनाइन्छ। रंगहरूको यो चाड हिन्दू धर्ममा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको छ। तर, समयक्रमसँगै यसको मनाउने तरिका र परम्परामा पनि परिवर्तन आइरहेको छ।
होली पर्वको उत्पत्ति पौराणिक कथासँग जोडिएको छ। हिन्दू धार्मिक ग्रन्थहरूका अनुसार, होलीको सुरुवात हिरण्यकश्यपु नामक दानव राजाको कथा संगसँगै भएको मानिन्छ। उनले भगवान् विष्णुको भक्त प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकालाई आगोमा हाल्न लगाएका थिए। होलिका दहन भए पनि प्रह्लादलाई केही नभएको विश्वास गरिन्छ। यही घटनालाई सत्यको विजय र असत्यको पराजयको प्रतीक मानी होली मनाउने परम्परा बसेको हो।
नेपालमा विशेष गरी होली पर्वको चर्चा राजा पृथ्वीनारायण शाहको पालादेखि पाइन्छ। उनको शासनकालमा समेत होली दरबारदेखि आम जनतासम्म विशेष रूपमा मनाइन्थ्यो। त्यसबेला विशेष दरबारी होली महोत्सव आयोजना गरिन्थ्यो, जसले जनमानसमा समेत प्रभाव पारेको थियो।
नेपालमा होली मनाउने परम्परा विभिन्न भूगोल अनुसार फरक छ। पहाडी भेगमा विशेष गरी रातो, हरियो, निलो, पहेँलो जस्ता प्राकृतिक रंगहरूको प्रयोग गरिन्थ्यो भने तराई क्षेत्रमा पानीसँगै रंग खेल्ने चलन रहेको छ। काठमाडौं उपत्यकामा बसन्तपुर दरबार क्षेत्र, ठमेल, ललितपुर, भक्तपुरलगायतका स्थानहरूमा होलीको विशेष रौनक देखिन्छ।