पौष ०७, २०८१ आईतबार
काठमाण्डौ
कास्की प्रहरीको हिरासतमा रहेका सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा रास्वपाका सभापति एंव पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त्त प्रतिवेदनको आधारमा जीबी राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो । आज लामिछाने विरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ती शुद्धीकरणमा मुद्दा दर्ता हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि गत २ कार्तिकमा काठमाडौंबाट पक्राउ गरिएको थियो । लामिछानेलाई अनुसन्धानका लागि पोखरा, रुपन्देही, काठमाडौं, चितवन र अन्तिममा पर्सा लगिएको थियो ।