सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति एंव पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न न्यायाधीश प्रल्हादकुमार योगीले आदेश दिएका छन् ।
उनलाई सुप्रिम सहकारीको बचत कर्ताको रकम अनियमितता गरेकोआरोप लागेको थियो।
उक्त्त सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी गत बिहीबार अदालत उपस्थित भएका थिए ।
लामिछानेलाई यस अघि रुपन्देही जिल्ला अदालतले परिवार र कानुन व्यवसायीको जिम्मा लगाएको थियो ।
यस अघि लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा परेको मुद्दामा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ, त्यस्तै काठमाण्डौको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।
आजसम्म लामिछानेले कुल २ करोड २५ लाख धरौटी बापत ३ अदालतमा पेस गरिसक्ने भएका छन।